
त्यस्तै मन्त्रिपरिषद्ले माघ ३ गते अमेरिकामा आयोजना हुने रोल अफ एनआरएनए युथ इन डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजिओ रिभोलुसन सम्बन्धी कार्यक्रममा सहभागी हुन युवा तथा खेलकुद मन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको गरेको छ भने नेपाली सेना सैनिक साधारण सेवाका दुई जना महासेनानीलाई सोहि सेवाको सहायक रथी दर्जामा र चार जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ।

उनले नयाँ कार्यभार सम्हाल्दै विद्युत् प्राधिकरण र मुलुकको हितमा इमान्दार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्कीले सरकारको लक्ष्य समयमै चुनाव गराउने रहेको स्पष्ट पारेकी छन् । उनले संवैधानिक अडानमा कुनै अलमल नभएको र निर्वाचनको अनिवार्यताका बारेमा पनि दह्रो प्रतिबद्धता रहेको बताइन् ।

‘आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र?’ भन्दै आचार्यले अर्को प्रश्न गरेका छन्। ‘जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नुपर्यो । उत्तेजना बढाउने काम कसैको हितमा हुन सक्दैन,’ आचार्यले अगाडि लेखेका छन्।

त्यस्तै बैठकले नेपाल स्टक एक्स्चेन्स लिमिटेडको पुनसंरचना गर्न आवश्यक अध्ययन गरि सुझाव पेश गर्न प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेको उनले बताए।

तर छपाइ सुरु भएको चौध दिनसम्म पनि छापिइसकेका ती लाइसेन्स विभाग र आवेदकको हात लागेको छैन । जसकारण वैदेशिक रोजगारी, विदेश अध्ययन र अत्यावश्यक सेवाका लागि आवेदन दिएका सेवाग्राही मारमा परेका छन ।