२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
राजनीतिब्रेकिङफिचर

बालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्ता

२०२६ जनवरी २०: १३:१८

नव न्युज संवाददाता
बालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्ता

झापा : झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले उम्मेदवारी दर्ता गराएका छन् । दमकस्थित अर्गानिक कृषि बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर बालेनले उम्मेदवारी दर्ता गराएका हुन् ।

 

 

बालेनका समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्द बराल रहेका छन् । भट्टराई झापा क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समितिका संयोजक हुनु भने बराल रास्वपाका केन्द्रीय निर्वाचन आयोगका सचिव हुन् । गोर्खा किचन अगाडिबाट बाजागाजासहित र्‍याली लिएर बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

 

 

यस पटकको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ राष्ट्रिय राजनीतिमै सबैभन्दा बढी चर्चामा रहेको छ । यहाँबाट नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार बनेका छन् । बालेन र ओली दुवै प्रधानमन्त्रीका दाबेदार भएकाले यस पटक झापा ५ को चुनाव रोचक बन्नेछ ।

#निर्वाचन#राजनीति

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...