जब ओलीलाई विमानस्थलका कर्मचारीले ‘सुन तस्कर’ जस्तै व्यवहार गरे
२०२६ जनवरी २४: १४:५६

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई नियोजित रूपमा दुःख दिने काम गरिरहेको गम्भीर आरोप लगाएका छन्।
गृहजिल्ला झापाबाट शुक्रबार काठमाडौं फर्कने क्रममा विमानस्थलमा आफूमाथि ‘सुन तस्करलाई जस्तो’ व्यवहार गरिएको भन्दै ओलीले आक्रोश व्यक्त गरे।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले विमानस्थलमा अपमानित व्यवहार हुनुको कारण ‘माथिबाट आदेश आएको’ भनेर कर्मचारीहरूले जवाफ दिएको खुलासा गरे। यस्तो व्यवहारले आफूलाई सभ्य समाजमै छैनौँ कि जस्तो अनुभूति भएको उनले बताए।
ओलीले भने, ‘अस्ती झापा जाँदा एयरपोर्टमा राम्रै व्यवहार थियो। हिजो फर्किंदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरियो, हैरान पारियो। विदेश जाँदा पनि चिनेकै ठाउँमा यस्तो हुँदैन, नचिनेको ठाउँमा नेपालीलाई हेपिन्छ। हिजो एयरपोर्टमा त्यही भयो। किन यस्तो भनेर सोध्दा माथिबाट आदेश आएको छ भन्छन्।’
उनले यो घटनालाई सरकारको बेथिति र अन्यायको प्रत्यक्ष उदाहरणका रूपमा चित्रण गर्दै राज्य संयन्त्र दुरुपयोग भइरहेको आरोप लगाए।
पाठक टिप्पणी
पहिलो टिप्पणी लेख्नुस्।
ताजा टिप्पणीहरू
टिप्पणीहरू लोड हुँदैछन्...