एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेश
२०२६ जनवरी २१: १२:४३

झापा । राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडाले आफ्नो पद तथा पार्टी सदस्यता परित्याग गरेका छन्। राष्ट्रिय युवा युवा संघका उपाध्यक्ष विजय तामाङले पनि रास्वपा प्रवेश गरेका छ्न ।
माघ ७ गतेदेखि औपचारिक रूपमा उनले एमाले र युवा संघसँगको जिम्मेवारी छाड्दै झापा–५ का रास्वपा उम्मेदवार बालेन शाहको चुनावी अभियानलाई समर्थन जनाउने निर्णय गरेका हुन्। सामाजिक सञ्जालमार्फत् वक्तव्य जारी गर्दै खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने उल्लेख गरेका छन्।
उनले झापा–५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। खतिवडाले आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने नेकपा (एमाले), राष्ट्रिय युवा संघ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
साथै, अग्रगामी परिवर्तन, सामाजिक न्याय र राष्ट्रको हितका पक्षमा सदैव लागिरहने प्रतिबद्धता दोहोर्याएका छन्। उनको यो निर्णयलाई झापाको स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। आगामी निर्वाचनमा झापा–५ मा नयाँ राजनीतिक समीकरण र बहसलाई थप बल पुग्ने अपेक्षा गरिएको छ। खतिवडाले आफ्नो परिवर्तनको पक्षमा मतदातालाई आह्वान गरेका छन्।
पाठक टिप्पणी
पहिलो टिप्पणी लेख्नुस्।
ताजा टिप्पणीहरू
टिप्पणीहरू लोड हुँदैछन्...