२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
राजनीतिब्रेकिङ

दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

२०२६ जनवरी २०: १३:४७

नव न्युज संवाददाता
दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं । मंगलबार झापाको दमकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा बरिष्ठ नेता बालेन शाह उम्मेदवार रहेको यो क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताका क्रममा झडप भएको हो ।

 

 

दमकको गोल्चोक क्षेत्रमा दुवै दलका समर्थकबीच झडप भएको हो । राष्वपाका समर्थकहरू बालेनले उम्मेदवारी दर्ता गर्न जाँदा उनको साथमा गएका थिए । एमाले अध्यक्ष ओली केही बेरमा उम्मेदवारी दर्ता गर्न जाने भएकोले एमालेका कार्यकर्ता पनि ठूलो संख्यामा जम्मा भएका थिए ।

 

२ दलका कार्यकर्ता आमनेसामने भएपछि झडप भएको हो । दुई समूहबीच झण्डा छोइएको विषयलाई लिएर विवाद सुरु भएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय दमकले अहिले अवस्था नियन्त्रणमा रहेको दाबी गरेको छ। प्रशासनले सम्भावित असुरक्षालाई ध्यानमा राख्दै व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ । घटनापछि दमक चोक र निर्वाचन कार्यालय आसपासको क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।


 

#निर्वाचन#प्रमुख समाचार#राजनीति

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...