२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
खेलकुदब्रेकिङ

एमबाप्पेको गोलमा रियलको जित

२०२६ जनवरी २५: १४:२८

नव न्युज संवाददाता
एमबाप्पेको गोलमा रियलको जित

रियल मड्रिडले भिल्लारियललाई २-० ले हराउँदै ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

एस्टाडियो दे ला सेरामिकामा भएको खेलमा किलियन एमबाप्पेले दुई गोल गरे। उनले ४७औँ मिनेटमा पहिलो गोल गरे भने इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए।

यो जितसँगै रियलको बार्सिलोनाको भन्दा २ अंक बढी छ। पहिलो हाफको उत्कृष्ट अवसर २०औँ मिनेटमा आर्दा गुलरलाई मिलेको थियो । तर उनको प्रहार सिधै गोलरक्षक लुइज जुनियरतर्फ गयो।

दोस्रो हाफको सुरुमै भिनिसियस जुनियरको मेहनतपछि एमबाप्पेले रिबाउन्डमा गोल गर्दै गोलको खाता खोले।
त्यसपछि दुवै टोलीले केही अवसर बनाए पनि गोल भएन ।

अन्तिम समयमा एमबाप्पेमाथि फाउल भएपछि पेनाल्टी पाएका रियलका लागि उनले गोल गर्दै जित पक्का गरे। 

#खेलकुद

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...