गगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
२०२६ जनवरी १६: १९:४९
नव न्युज संवाददाता

काठमाडौं। निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिने निर्णय गरेको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधारले गगन थापा समूहलाई आधिकारिक कांग्रेसको मान्यता दिएका हुन्। आयोगको उक्त निर्णयमा सगुनशमशेर राणाले भने फरक मत राखेको बताइएको छ।
गगन समूहले पुस २७ देखि ३० सम्म काठमाडौंमा विशेष महाधिवेशन आयोजना गरेको थियो।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापासहितका पदाधिकारीले बिहीबार आयोगमा निवेदन दिएकोमा आयोगले आधिकारिक कांग्रेसको मान्यता दिएको छ।
#निर्वाचन#प्रमुख समाचार#नेपाली कांग्रेस#राजनीति
पाठक टिप्पणी
पहिलो टिप्पणी लेख्नुस्।
ताजा टिप्पणीहरू
टिप्पणीहरू लोड हुँदैछन्...