२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
राजनीतिब्रेकिङफिचर

रास्वपासँग एकता अहिलेै हुन नसक्ने उज्यालो नेपालको निष्कर्ष

२०२५ डिसेम्बर ११: १०:४१

नव न्युज संवाददाता
रास्वपासँग एकता अहिलेै हुन नसक्ने उज्यालो नेपालको निष्कर्ष

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको सक्रियतामा गठन भएको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरणका विषयमा चलिरहेको संवाद प्रक्रियालाई तत्कालका लागि रोक्ने निर्णय गरेको छ।

रास्वपासँग सहमति जुट्ने सम्भावना टुंगिन नसकेपछि कुलमानले छुट्टै दल गठनतर्फ लागेका थिए। अहिले उज्यालो नेपाल निर्वाचन आयोगमा दर्ता भइसकेको छ। पूर्वसचिव अनुप उपाध्याय अध्यक्ष रहेको पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति बनाएर १७ मंसिरमा घोषणा सभा सम्पन्न गरेको थियो। दल गठनपछि पनि रास्वपासँग एकताको सम्भावना खुला राख्दै संवाद जारी थियो।

एकता संवादका लागि उज्यालो नेपालतर्फबाट कुलमानका दाजु गणेश घिसिङले टोली नेतृत्व गरेका थिए। तर, रास्वपाले एकपछि अर्को शर्त अघि सार्दै गएपछि तत्काल एकता सम्भव छैन भन्ने निष्कर्षमा उज्यालो नेपाल पुगेको नेताहरूले बताएका छन्। केन्द्रीय समितिको छलफलपछि रास्वपासँग संवाद प्रक्रियालाई रोक्ने निर्णय भएको समेत नेताहरूले जानकारी दिएका छन्।

उनीहरूले रास्वपासँगको संवादमा समय र ऊर्जा खर्चिँदा संगठन निर्माणमा असर परेको बताउँदै अब प्राथमिकता संरचना विस्तारमै केन्द्रित हुने बताएका छन्। प्रवक्ता डा. राजु थापाका अनुसार पार्टी सभापति र चुनाव चिन्हमा आफूहरू लचक भएर प्रस्तुत हुँदा पनि एकता सम्भव हुने वातावरण बनेन।

थापाले भने, “रास्वपासँग एकताको लागि धेरै शक्ति खर्च नगर्ने निर्णय छ। अब हामी संगठन विस्तार र आगामी चुनाव केन्द्रित काममा समय दिनेछौँ।”

यसअघि रास्वपासँग भएका गोप्य संवादमा कुलमानले सभापतिको दाबी गरेको प्रसंग सार्वजनिक भएको थियो। रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले कुलमानलाई उपसभापति पदसहित पार्टीमा आउन आग्रह गरेका थिए। तर सभापतिको दाबी नमिल्ने भएपछि सहमति जुट्न नसकेको बताइयो।

उज्यालो नेपालको नेताहरूले रास्वपाले कुलमानबारे अनावश्यक रूपमा बढाइचढाइ गरी प्रचार गरेको आरोक लगाए। उनीहरूका अनुसार पार्टी नाम, चुनाव चिन्ह र नेतृत्व संरचनामा आफूहरू लचक हुँदा पनि रास्वपा अल्मलिएको थियो। उज्यालो नेपालले ‘राष्ट्रिय उज्यालो पार्टी’, ‘उज्यालो स्वतन्त्र पार्टी’ लगायत विकल्प समेत प्रस्ताव गरेको थियो।

दुई दलबीचको संवादमा कुलमानलाई भविष्यका लागि प्रधानमन्त्रीको विकल्पका रूपमा अघि सार्ने विषयसम्म छलफल भएको पनि नेताहरूले खुलाएका छन्। तर रास्वपाका सभापति रवि लामिछाने नजिकका व्यक्तिहरू नै ढिलासुस्तीको मुख्य कारण भएको दाबी उनीहरूको छ। “कुलमानको आगमनले आफ्नो राजनीतिक स्थान कमजोर हुने डरले एकता अवरुद्ध भयो,” एक नेताले भने।

यसैबीच, वैकल्पिक शक्तिहरू—रास्वपा, उज्यालो नेपाल, काठमाडौंका मेयर बालेन शाह र जेनजी नेता सुदन गुरुङबीच पनि सहकार्यका लागि संवाद हुँदै आएको थियो। उज्यालो नेपालका नेताहरूका अनुसार बालेन शाह रास्वपाभन्दा उज्यालोतर्फ बढी नजिक छन्।

एकता संवाद लम्बिँदा आगामी चुनावका लागि उम्मेदवार छनोटको काम समेत प्रभावित भएको उज्यालो नेपालको निष्कर्ष छ। प्रवक्ता थापा भन्छन्, “अब संगठन निर्माणमै ध्यान छ। संवादको ढोका भने बन्द छैन। चुनावअघि एकता हुने सम्भावना कमजोर देखिए पनि गठबन्धनबारे भने छलफल हुन सक्छ।”

५१ सदस्यीय केन्द्रीय समिति विस्तार गर्दै उज्यालो नेपालले छिट्टै थप सदस्य समावेश गर्ने तयारी गरेको छ। विधान अनुसार ३०१ सदस्यीय समिति बनाउन सकिने भए पनि तत्काल पूर्णता नपुग्ने नेताहरूले बताएका छन्। केही रास्वपाबाट छोडेर आउने सम्भावना पनि उनीहरूले संकेत गरेका छन्।

#राजनीति#रवि लामिछाने

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...