२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
राजनीतिब्रेकिङ

ओली र उनको क्याविनेटका मन्त्रीलाई गिरफ्तार गरिनुपर्छः वरिष्ठ अधिवक्ता त्रिपाठी

२०२५ नोभेम्बर १९: १३:१८

नव न्युज संवाददाता
ओली र उनको क्याविनेटका मन्त्रीलाई गिरफ्तार गरिनुपर्छः वरिष्ठ अधिवक्ता त्रिपाठी

dinesh tripathi

काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसद् पुनर्स्थापना गर्नुपर्छ भन्ने नैतिक आधार कमसेकम नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद् पुनर्स्थापना हुनुपर्छ भन्नु राजनीतिक बेइमानी रहेको बताए । उनले एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री ओलीले सहज परिस्थितिमा पनि संसद् विघटना गरेको स्मरण गरे । अहिलेको परिस्थिति आन्दोलन रहेकाले अब ताजा जनादेशमा जानुको विकल्प नरहेको उनको भनाइ छ ।

‘संसद् पुनर्स्थापना गर्नुपर्छ भन्ने कुरा गम्भीर रुपमा राजनीतिक बेइमानी हो । अनैतिकता हो । त्यो कुरा गर्ने नैतिक अधिकार एमालेलाई छैन, केपीजीलाई छैन । उहाँले त सहजस्थितिमा संसदीय प्रक्रियालाई भताभुङ्ग गर्नुभयो । त्यसलाई अगाडि बढ्न दिनुभएन,’– उनले भने ।

एमाले अध्यक्ष ओलीको असक्षमता र परिस्थितिलाई आँकलन गर्न नसक्ने क्षमता प्रष्ट रुपमा देखिएको उनको भनाइ छ । निर्वाचनको प्रक्रिया सुरु भइसकेपछि ओलीले संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा जान लागेको बताए ।

उनले संसद् पनि नहुने र नयाँ निर्वाचन पनि हुने स्थितिमा मुलुकलाई लान नहुने बताए । मुलुकलाई भ्याकुममा छोड्न नहुने र माघसम्म पनि चुनावको वातावरण बनेन भने अर्को विकल्प सोच्न सकिने उनले बताए ।

उनले एमाले अध्यक्ष ओलीलाई गिरफ्तार गरिनुपर्ने बताए । जेन–जी आन्दोलनको क्रममा ७६ जना नेपाली नागरिकको हत्या भएको कुरा नै ओलीलाई गिरफ्तारी गर्ने आधार बन्ने उनको दाबी छ । उनले भने, ‘उहाँलाई गिरफ्तार गरिनुपर्छ, उहाँको क्याविनेटलाई गिरफ्तार गरिनुपर्छ । आधार के छ भने उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो र त्यो बेलामा गोली चलेको छ । ७६ जना नेपाली नागरिकहरुको हत्या भएको छ, नरसंहार भएको छ, त्यही हो नि आधार । उहाँले मैले गोली चलाउने आदेश दिएको थिएन भन्नुहुन्छ । त्यो भनेर सुख पाइँदैन । यो दायित्व हो, आफ्ना नागरिकहरुको रक्षा गर्नु । गर्नु पर्ने कार्य नगरेको कारणले पनि दण्डित हुनुपर्छ ।’

#अपराध#निर्वाचन#सरकार#प्रमुख समाचार

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...