२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
राजनीतिब्रेकिङ

रविको संगठित अपराध र सम्पति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयप्रति ओलीको आपत्ति

२०२६ जनवरी १५: २०:४६

नव न्युज संवाददाता
रविको संगठित अपराध र सम्पति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयप्रति ओलीको आपत्ति

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संगठित अपराध र सम्पति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयप्रति आपत्ति जनाएका छन्।

काठमाडौंमा बिहीवार आयोजित ४२ औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आपत्ति जनाएका हुन्। उनले अहिले विश्वभर जस्तै शासन नेपालमा पनि चलिरहेको भन्दै थिति र विधिको शासन देशमा नभएको बताए।

उनले अहिले मुलुकमा सुशासन र थिति नभएको भन्दै कसैलाई ठगेपनि मुद्दा फेर्ने वा आममाफी पाइने भन्दै व्यंगात्मक टिप्पणी गरे। उनले आराेपीको मुद्दा फिर्ता लिएर ठगिएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ? भन्दै प्रश्न गरे।

‘अहिले नेपालमा कस्तो सरकार र कस्तो शासन छ भन्ने कुरा हामीले देखिरहेका छौं। दुनियाँमा कस्तो सरकार र शासन छ त्यसको प्रतिबिम्व नेपालमा पनि छ। अब कसैलाई कुनेै कानून लाग्दैन। कुनै मुद्दा लाग्दैन। कसैको सम्पत्ति खाएपनि मजाले पाइन्छ। मुद्दा लाग्दैन। चुनावमा हिरो बनाएर चुनावमा अगाडि बढाइन्छ। र यदि नेपाली सरकार, नेपाली संस्कृति, नेपाली अर्थतन्त्र र नेपाली सभ्यताका कुरा गर्छ भने घरबाट निस्किन नदिने, त्यसलाई मार्ने, कुट्ने, काट्ने काम गरिन्छ,’ उनले भने, ‘८२ वर्षका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामाथि भौतिक आक्रामण भयो। यति असभ्य पनि हुन्छ समाज? उनकै पार्टीका नेता हुँ भन्नेहरु त्यसको समर्थनमा कराए, विरोधमा कोही बोलेनन्। सहानुभूति सम्म व्यक्त गरेनन् कहाँ पुग्यो नेपाल? महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कंलकित भएको छ। लज्जाको विषय बनेको छ।’

आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि संघर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न आग्रह गरे।


 

#भ्रष्टाचार मुद्दा#न्याय#प्रमुख समाचार#राजनीति

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...