आज सिमरामा भएको घटनाप्रति दुःख व्यक्त गर्दछु : योगेश भट्टराई
२०२५ नोभेम्बर १९: १६:०७

काठमाडौ । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले सिमरामा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
पार्टीका महासचिव शंकर पोखरेल सहभागी हुने पूर्वघोषित कार्यक्रम बिथोल्न गरिएको हर्कतले मुलुकको शान्ति, सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न गरेको उनको भनाई छ ।
उनले फेशबुकमा लेखेका छन्–
आज सिमरामा भएको घटनाप्रति दुःख व्यक्त गर्दछु । नेकपा एमाले महासचिव कमरेड शंकर पोखरेल सहभागि हुने पूर्व घोषित कार्यक्रम बिथोल्न गरिएको हर्कतले मुलुकको शान्ति सुरक्षामाथि गंभीर चिन्ता उत्पन्न गरेको छ । देशको एक ठाउबाट अर्को ठाउमा निर्विवाद हिडडुल गर्न पाउने तथा शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको सम्मान गर्न सबैमा अपिल गर्दछु ।
यास्त गतिविधिले आसन्न निर्वाचनलाई थप अन्यौल र अनिश्चय तिर धकेल्ने कुरामा सचेत रहन र शान्ति सुव्यवस्था कायम राख्न सरकारको गंभीर ध्यानाकर्षण गर्दछु ।
पाठक टिप्पणी
पहिलो टिप्पणी लेख्नुस्।
ताजा टिप्पणीहरू
टिप्पणीहरू लोड हुँदैछन्...