२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
राजनीतिब्रेकिङ

विशेष महाधिवेशनमा सहभागी हुन कांग्रेस प्रतिनिधि काठमाडौं जाने क्रम जारी

२०२६ जनवरी ९: १६:२९

नव न्युज संवाददाता
विशेष महाधिवेशनमा सहभागी हुन कांग्रेस प्रतिनिधि काठमाडौं जाने क्रम जारी

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको विशेष महाधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका प्रतिनिधिहरु काठमाडौं जाने क्रम जारी छ। विशेष महाधिवेशन पर्सि आइतबार र सोमबार हुँदैछ । महाधिवेशनमा भाग लिन भन्दै सिरहाबाट महाधिवेशन प्रतिनिधि चुनिएका ६० बढी काठमाडौं लागेका छन् ।

 

 

सिरहाका चार निर्वाचनका १०३ जना महाधिवेशन प्रतिनिधि छन् । जसमध्ये क्षेत्र–१ बाट १५ जना, क्षेत्र–१०, क्षेत्र–२५ र क्षेत्र–४ बाट १२ जना गरी ६२ जना सहभागी भइरहेको जिल्ला सचिव शैलेन्द्र यादवले जानकारी गराए । केही महाधिवेशन प्रतिनिधि काठमाडौं पुगेका छन् । यो क्रम भोलिसम्म नै जारी रहने यादवले बताए । विगतमा पार्टी सभापति शेरबहादुर देउवा पक्षमा रहेका जिल्ला सचिव यादव, सह–सचिव रामबाबु यादव, उपसभापति सुनिल कुमार महतोलगायत विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेर पठाउने कार्य गरिरहेका थिए । कोइराला पक्षका नेपाल ट्रेड युनियन कांग्रेसका सभापति संजीव उपाध्याय पनि अहिले विशेष महाधिवेशनमा सहभागी हुँदैछन् । शेखर कोइराला पक्ष मानिएका महासमिति सदस्य डा.सुभाष चन्द्र यादव, पूर्वजिल्ला उपसभापति रामसुन्दर चौधरीलगायत पनि हस्ताक्षर गर्नेमा थपिएपछि सिरहामा अब शेखर कोइराला र देउवा पक्षमा महाधिवेशन प्रतिनिधि कम देखिएको छ।

 

 

 

विशेष महाधिवेशनमा बहुमत भन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेका छन् । ‘देशको अहिले राजनीतिक अवस्था फेरिएको छ। कांग्रेसमा आम नागरिकले पनि सुधार खोजिरहेको छ। विधानको पालना मुख्य विषय हो । अहिलेको नेतृत्वमा पार्टी चुनावमा जाँदा राम्रो सन्देश जाँदैन,' सचिव यादवले भने, ‘पार्टीले समयमै नियमित महाधिवेशन गर्नुपर्थ्यो । त्यो विभिन्न बहानामा ढिलाइ गरेको छ। अब विशेष अधिवेशन नै हुनुपर्छ ।’ आम कार्यकर्ताको आवाज नेतृत्व वर्गले सम्बोधन गर्नुपर्ने उनले सुनाए ।

#निर्वाचन#नेपाली कांग्रेस#राजनीति

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...