२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता

कांग्रेसको शोक प्रस्ताव पारित, तीन दिन झन्डा आधा झुकाउने

२०२६ जनवरी १०: १३:३८

नव न्युज संवाददाता
कांग्रेसको शोक प्रस्ताव पारित, तीन दिन झन्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एव वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो।

प्रस्तावअनुसार आजदेखि तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने र आइतबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन्।

कार्यवाहक सभापति खड्काकाअनुसार पार्टीले स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने, १३ औं दिनमा ओखलढुंगामा शोक सभाको आयोजना गर्ने प्रस्ताव पारित भएको छ।

दाहाल २०५६ को आम निर्वाचनमा ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर एकबाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए।

साथै उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए। दाहालले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरेको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताए।

 

#प्रमुख समाचार#नेपाली कांग्रेस

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...