२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
प्रशासनब्रेकिङ

मुख्यसचिवको तातो कुर्सीमा को बस्लान् ?

२०२५ नोभेम्बर २१: १०:४४

नव न्युज संवाददाता
मुख्यसचिवको तातो कुर्सीमा को बस्लान् ?

काठमाडौं । को बस्लान् त निजामती सेवामा सबभन्दा माथिल्लो मुख्यसचिवको कुर्सीमा ? यतिखेर आकांक्षीहरू दौडधूपमा छन् । पाँच दिनपछि मुख्यसचिवको कुर्सी खाली हुँदै छ । मन्त्रिपरिषद्ले आउँदो सोमबार–मंगलबारसम्म मुख्यसचिव नियुक्त गर्नुपर्नेछ ।

मुख्यसचिव एकनारायण अर्याल यही मंसिर ९ गते राति १२ बजेबाट अवकाशमा जाँदैछन् ।  उनी ५८ वर्षे उमेरका कारण अवकाशमा जान लागेका हुन् । उनी मुख्यसचिवको कुर्सीमा तीन वर्ष पूरा बस्न पाएनन् । 

उनी १५ महिना मात्र मुख्यसचिवको कुर्सीमा बस्न पाए । उनी २०८१ भदौमा मुख्यसचिव भएका थिए । त्यही दिन राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी पनि पाँच वर्षे कार्यकाल पूरा गरी अवकाश जाँदै छन् । 
दुवाडी भदौ २३–२४ को प्रदर्शनी हुँदा गृहसचिव थिए । 

चुनावी सरकार गठन भएसँगै दुवाडीलाई आयोगमा सरुवा गरिएको हो । यतिखेर मुख्यसचिवका चार दावेदार छन् । एकै आर्थिक वर्षमा सचिव भएका सुमनराज अर्याल, प्रमिलादेवी बज्राचार्य, मधुसदन बुर्लाकोटी र डा. कृष्णहरि पुस्कर मुख्यसचिवका आकांक्षी छन् ।

अर्याल २०७७ माघ १९, बज्राचार्य २०७८ असार १७, बुर्लाकोटी २०७८ असार २१ र डा. पुस्कर २०७८ असार २४ गते सचिव भएका थिए ।  अर्याल रक्षा, बज्राचार्य खानेपानी, पुस्कर श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव छन् भने बुर्लाकोटी प्रमुख तथ्यांक अधिकारी हुन् ।

जसरी नेपाल प्रहरीमा ‘हाइर्यार्की’ नमिचीकन सहजै दानबहादुर कार्की प्रहरी महानिरीक्षक बने, त्यही नजिर निजामती सेवामा पनि दोहोरियो भने रक्षा सचिव अर्याल मुख्यसचिव बन्ने छन् । उनी तथ्यांकका अनुभवी हुन् ।

उनी मुख्यसचिव भएमा कार्यकाल भने आठ महिनाको मात्र हुनेछ । उनी ५८ वर्षे उमेर हदका कारण २०८३ असार २६ गते अवकाशमा जाने छन् । अर्यालपछि बरिष्ठताका आधारमा बज्राचार्य र त्यसपछि बुर्लाकोटी छन् । 
बुर्लाकोटीलाई मुख्यसचिव बनाएमा उनी दश महिना मात्र मुख्यसचिव रहन पाउँछन् । 

अर्याललाई पन्छाउँदै बज्राचार्य वा डा. पुस्करलाई मुख्यसचिव बनाइयो भने पूरा कार्यकाल चलाउन पाउँछन् । अर्याल मुख्यसचिव बनेमा त्यहीबीचमा डा. पुस्कर र बुर्लाकोटी सचिवबाटै विदा हुने छन् ।  बुर्लाकोटी २०८३ असार २१ र पुस्कर असार २४ गते पाँच वर्षे कार्यकाल पूरा गरी घर जाने छन् । पुस्करलाई ‘दुई दिन’ले समस्या पैदा गराएको छ ।

मुख्यसचिवलाई प्रधानमन्त्रीको निकट सहयोगी र प्रमुख शासकीय सल्लाहकार मानिन्छ । मुख्यसचिवको काम सरकारी संयन्त्रबाट निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्तावित विषयमा प्रधानमन्त्री–मन्त्रीहरूलाई ‘ब्रिफ’ गर्नु र आधार–औचित्य खुलाउँदै निर्णयमा सहजीकरण गर्नु हो ।

त्यसकारण सबै मन्त्रालयबीच समन्वय गर्न सक्ने, शासकीय निर्णयका सकारात्मक–नकारात्मक प्रभाव बुझ्न सक्ने, निजामती सेवाका सचिवहरूको मन जित्न सक्ने तथा प्रशासनिक–शासकीय संयन्त्र राम्रोसँग बुझेको योग्य हुनुपर्छ ।

तर, मुख्यसचिव पदका आकांक्षीले अत्यधिक दौडधूप बढाएमा सरकारलाई नियुक्ति गर्नमा समस्या आइपर्छ । अपवादबाहेक हरेक पटक मुख्यसचिव नियुक्ति विवादित बन्ने र कर्मचारीतन्त्रमै उतारचढाव आउने गरेको छ ।

‘कनिष्ठ’लाई मुख्यसचिव बनाएमा बरिष्ठ सचिवहरूले राजीनामा दिएका वा असन्तुष्टि जाहेर गरेका प्रशस्त घटना छन् । 

माओवादी नेतृत्वको सरकार हुँदा मुख्यसचिव नियुक्तिले कर्मचारीतन्त्रमा ठूलो हलचल पैदा गरेको थियो । २०६९ साउनमा लीलामणि पौडेललाई मुख्यसचिव बनाउँदा विषय ठूलो प्रकरणमै रूपान्तरित भएको थियो । 
तत्कालीन सरकारले पौडेललाई ‘कार्यकुशलता’का आधारमा मुख्यसचिव बनाएको जिकिर लिएको थियो । 

त्यतिबेला मुख्यसचिवमा १३ जना सचिव दावेदार थिए । प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै रोजाइँमा पौडेल परेका थिए ।

मुख्यसचिव नियुक्ति निकै विवादमा परेपछि भट्टराईले एकै ब्याचका १३ दावेदार सचिव भएकाले ‘कोही बरिष्ठ वा कनिष्ठ नभएको’ टिप्पणी गरेका थिए । तत्कालीन सचिव श्यामप्रसाद मैनालीले त पत्रकार सम्मेलन गरी असन्तुष्टि सार्वजनिक गरेका थिए ।

मुख्यसचिवको वरियतामा शंकर कोइराला, अवनीन्द्रकुमार श्रेष्ठ, वामनप्रसाद न्यौपाने, श्यामप्रसाद मैनाली, भगवतीकुमार काफ्ले, ताना गौतम, सुशीलजंग राणा, त्रिलोचन उप्रेती, लीलामणि पौडेल, बृन्दा हाडा, बालानन्द पौडेल र उमाकान्त झा थिए ।

दावेदार सचिवहरूले ‘ज्येष्ठता र कार्यकुशलताका आधारमा बढुवा गर्ने पद्धतिको उपहास गरेको’ भन्दै निजामती सेवाजस्तो अनुशासित, मर्यादित र व्यावसायिक स्थायी संयन्त्र कमजोर भएको आरोप डा. भट्टराईमाथि लगाएका थिए ।

त्यसो त, २०५९ असोजमा तत्कालीन शेरबहादुर देउवा सरकारले डा. विमल कोइरालालाई मुख्यसचिव नियुक्त गर्दा पनि वरिष्ठताक्रम मिचिएको आरोप लागेकै हो । कोइरालाभन्दा तत्कालीन वरिष्ठ सचिवद्वय श्रीकान्त रेग्मी र शम्भु खनालले राजीनामा दिएका थिए । डा. कोइराला २०५९ असोज ५ गते मुख्यसचिव भएका थिए ।

त्यसपछि २०६६ साउनमा माधव घिमिरेलाई मुख्यसचिव बनाउँदा विवाद पैदा भएको थियो । त्यतिबेला माधवकुमार नेपाल प्रधानमन्त्री थिए । घिमिरेभन्दा वरिष्ठ सचिवद्वय जनकराज जोशी र उमेश मैनालीले राजीनामा दिएका थिए ।

२०७२ साउनमा डा. सोमलाल सुवेदीलाई मुख्यसचिव नियुक्त गर्दा पनि उनको ब्याचका सचिवहरू असन्तुष्ट बने । एकै ब्याचका श्रीधर गौतम र जयमुकुन्द खनाललाई पाखा लगाउँदै सुवेदीलाई मुख्यसचिव नियुक्त गरिएको थियो ।

विगतमा मुख्यसचिव नियुक्तिमा निटकता, राजनीतिक रंग–आग्रह हाबी हुने गरेको टिप्पणी हुन्थ्यो । यतिखेर राजनीति वृत्तबाहिरको चुनावी सरकार छ । सरकारले बरिष्ठता, कार्यकुशलता के हेर्छ भन्ने चाहिँ केही दिन कुर्नुपर्नेछ ।
a

#सरकार

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...