२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
राजनीतिब्रेकिङ

कांग्रेस विशेष महाधिवेशन विवाद समाधानका लागि बालुवाटारमा दुई समूहबीच वार्ता जारी

२०२६ जनवरी १३: ११:०६

नव न्युज संवाददाता
कांग्रेस विशेष महाधिवेशन विवाद समाधानका लागि बालुवाटारमा दुई समूहबीच वार्ता जारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधानका लागि विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच वार्ता जारी रहेको छ।

 

पार्टीभित्र देखिएको आन्तरिक विवादलाई सहमतिमार्फत टुंग्याउने उद्देश्यसहित विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको पक्ष तथा संस्थापन समूहले आ-आफ्नो तर्फबाट वार्ता समिति गठन गरेका छन्।

 

विशेष महाधिवेशन पक्षधर वार्ता समितिमा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, साथै नेता गुरुराज घिमिरे र देवराज चालिसे रहेका छन्। त्यसैगरी संस्थापन समूह तथा डा. शेखर कोइराला पक्षको तर्फबाट पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेता रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल वार्ता समितिमा सहभागी छन्।

 

विशेष महाधिवेशनको वैधता, पार्टी विधान, नेतृत्व तथा भावी कार्यदिशाबारे देखिएको मतभेदलाई सहमतिमा समाधान गर्ने प्रयासस्वरूप वार्ता अघि बढाइएको नेताहरूले बताएका छन्। वार्ताबाट ठोस निष्कर्ष निस्कने अपेक्षा गरिएको भए पनि छलफलको परिणामबारे आधिकारिक जानकारी भने आइसकेको छैन।

#प्रमुख समाचार#नेपाली कांग्रेस#राजनीति

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...