२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
राजनीतिब्रेकिङफिचर

निर्वाचन आयोगले अन्यथा निर्णय गरे देशैभर आन्दोलन हुन्छ- कार्यवाहक सभापति खड्का

२०२६ जनवरी १६: १५:२२

नव न्युज संवाददाता
निर्वाचन आयोगले अन्यथा निर्णय गरे देशैभर आन्दोलन हुन्छ- कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टी विधानविपरीत अन्यथा निर्णय गरे देशैभर आन्दोलन हुने बताएका छन्। केन्द्रदेखि वडासम्म चार तारे झण्डा र रूख अंकित झण्डासहित आन्दोलन गरिने उनले बताए। यो कुरा कार्यवाहक सभापति खड्काले आज केन्द्रीय कार्यालय सानेपामा नेताहरूलाई सँगै राखेर आयोजना गरेको पत्रकार सम्मेलनमा बताएका हुन्।

 

‘हामी निर्वाचन आयोगलाई भन्न चाहन्छौं- नेपाली कांग्रेसको विधान, मुलुकको संविधान, निर्वाचन ऐनअनुसार यदि तलमाथि भएर निर्वाचन आयोगले षड्यन्त्र र दबाबमा परेर संविधान र लोकतन्त्रमाथि मडारिएको कालो बादललाई साथ दिँदै यदि निर्वाचन आयोगले नेपाली कांग्रेसको विधानविपरीत अन्यथा निर्णय गर्‍यो भने नेपाली कांग्रेसले देशभरि आन्दोलन गर्नेबाहेक हामीसँग विकल्प हुने छैन। हामी वडादेखि राजधानीमा चारतारे झन्डा र रूख लिएर अघि बढ्छौं,’ उनले भने। कार्यवाहक सभापति खड्काले पार्टीलाई क्षति पुर्‍याउने गरी विशेष महाधिवेशन भएको पनि बताए।

 

‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न सक्ने तर बोलाउन सक्ने व्यवस्था छैन, केन्द्रीय समितिले मात्र विशेष महाधिवेशन र कार्यविधि बनाउन सक्छ,’ उनले भने, ‘विशेष महाधिवेशन माग गर्नेहरूले नियमित महाधिवेशन विकल्पमा राखेकोले हामी नियमित महाधिवेशतर्फ अघि बढेको अवस्थामा विशेष महाधिवेशनको औचित्य थिएन।’

 

 

तर गगन थापा र विश्वप्रकाश शर्माले 'अवैधानिक भेला' गरी त्यसलाई विशेष महाधिवेशन भनेको उनको दाबी थियो। ‘विशेष महाधिवेशन गर्न हुन्न, यसले पार्टी विभाजन हुन्छ भनेर हामीले भनिरहेका थियौं।

 

तर एक जनाले विष पिउँछौं भन्नुभयो, अर्कोले त्यस्तो अवस्था आए हलबाट पहिले बाहिर निस्कन्छु भन्नुभएको थियो। यस्तो झुटो आश्वासन र वचन दिएर उहाँहरूले पार्टीलाई विखण्डनमा पुर्‍याउनुभयो,’ उनले भने।

 

उनले १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र आफू अहिले कार्यवाहक सभापति रहेको तथा वडा तहसम्म पनि कार्यसमिति रहेको बताए। क्रियाशील सदस्यता नटुंगिएकोले वैशाखमा महाधिवेशन गर्ने गरी केन्द्रीय कार्यसम्पादनले निर्णय लएको उनको भनाइ थियो।

#निर्वाचन#प्रमुख समाचार#नेपाली कांग्रेस#राजनीति

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...