२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
राजनीतिब्रेकिङफिचर

देउवा समूहको ठहर: कल्पनै नगरेको अवस्थामा परिस्थिती जटिल बन्यो

२०२६ जनवरी १२: १०:५७

नव न्युज संवाददाता
देउवा समूहको ठहर: कल्पनै नगरेको अवस्थामा परिस्थिती जटिल बन्यो

काठमाडौं । नेपाली कांग्रेसमा जारी महाधिवेशन विवादबीच आइतबार भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन भएको छ । सभापति शेरबहादुर देउवा पक्षले पटक–पटक रोक्न खोजे पनि अपेक्षाभन्दा धेरै प्रतिनिधि भेलामा सहभागी भएका छन् ।

विशेष महाधिवेशन उद्घाटन समारोहमा प्रस्तुत तथ्यांकअनुसार ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थिति रहेको जनाइएको छ । यद्यपि यो औपचारिक पुष्टि नभए पनि कम्तीमा ५६ प्रतिशत प्रतिनिधिले आइतबार नै हस्ताक्षर गरिसकेको विशेष महाधिवेशन सचिवालयको दाबी छ ।

उता विशेष महाधिवेशन चलिरहेकै बेला देउवा निवास महाराजगञ्जमा संस्थापन समूहका नेताहरूको भेला भएको थियो । छलफलमा सहभागी एक नेताले सोमबार बाह्रखरीसँग भने, “शेरबहादुर दाइसँग अहिले कुनै स्पष्ट विकल्प छैन । यस्तो अवस्था आउँछ भन्ने हामीले सोचेका पनि थिएनौँ ।”

उनका अनुसार अब के गर्ने भन्ने विषयमा समेत ठोस योजना बनेको छैन ।
“शेरबहादुर दाइले पनि केही तयारी गरेको जस्तो देखिएन,” उनले भने, “अवस्था झन् अप्ठेरो बन्दै गएको छ ।”

उनले विशेष महाधिवेशन पक्षधर र सभापति दुवैले लचकता देखाएको भए अवस्था यति जटिल नहुने टिप्पणी गरे ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि बाह्रखरीसँगको कुराकानीमा विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनमै जाने निर्णय कार्यसम्पादन समिति र केन्द्रीय समितिले गरिसकेको बताए ।
“अहिले विवाद सिर्जना गर्ने समय होइन,” उनले भने, “कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्छ ।”

आइतबार देउवा निवासमा सहभागी अर्का नेताका अनुसार विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन गर्ने विषयमा सामान्य छलफल भए पनि त्यसो नगर्न अनौपचारिक रूपमा आग्रह गर्ने निष्कर्ष निकालिएको थियो । उनका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र पूर्वमन्त्री रमेश लेखकबीच अनौपचारिक संवाद जारी छ, तर ठोस सहमति भने बनेको छैन ।

“अब विकल्प भनेको सभापतिले नै विशेष महाधिवेशन पक्षधरलाई स्वीकार्नु हो,” उनले भने, “नत्र उनीहरू छलफलका लागि तयार देखिँदैनन् ।”

विशेष महाधिवेशनको बन्दसत्रको सभापतित्व ग्रहण गर्न लागेका जेष्ठ सदस्य ओमकार श्रेष्ठले पार्टी विभाजनको चर्चा पुरानै भएको भन्दै इमान्दार कार्यकर्तालाई डर देखाउने रणनीतिमात्र भएको बताए ।
“हामीले पनि यति धेरै प्रतिनिधि सहभागी हुन्छन् भन्ने सोचेका थिएनौँ,” उनले भने, “अहिले हेर्दा त ७० प्रतिशतसम्म पुग्न सक्ने देखिन्छ । पार्टी विभाजनको भय देखाएर इमान्दारलाई तर्साउने र बेइमानले शासन गर्ने प्रयास भइरहेको छ ।”

#प्रमुख समाचार#नेपाली कांग्रेस#राजनीति

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...