२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
राजनीतिब्रेकिङफिचर

रवि र बालेनको सहमतिको खाका तयार

२०२५ डिसेम्बर २६: १५:१०

सुजन आचार्य
रवि र बालेनको सहमतिको खाका तयार

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीच सहमति विकास हुँदै गएको उनीहरुका निकटस्थ व्यक्तिहरुले बताएका छन् । उनीहरुबीचको छलफल सहमति उन्मुख रहेको र सहमतिलाई दस्तावेजीकरण गर्नका लागि सहमति पत्रको खाका तयार पार्ने काम भइरहेको स्रोतले जानकारी दिएको छ ।

दुई युवा राजनीतिज्ञबीच छलफलको पृष्ठभूमि तयार पार्न महत्वपूर्ण भूमिका खेलेका असिम शाह, कुमार बेन लगायतका सहयोगीहरुले सहमतिको खाका तयार पार्दैछन् । दुई नेताबीच सोमबार पहिलो छलफल भएको थियो । त्यसपछि बिहीबार अन्य वैकल्पिक शक्तिका नेतृत्वकर्ताहरुलाई समेत बोलाएर छलफल गरेका नेताहरुले शुक्रबार पनि वार्ता गर्ने र सकेसम्म आज शुक्रबार नै निर्णायक सहमति गर्ने तयारी गरेको स्रोतले बतायो ।

सहमतिले अन्तिम रुप पाउन बाँकी रहेकोले सहमतिका बुँदाहरु स्पष्ट छैनन् । यद्यपि सहमतिको प्रमुख बुँदा पार्टीको एकतासम्मको हुन सक्नेछ । दुवै नेता पार्टी एकता गर्नेसम्म लचिलो नभएमा पनि चुनाबी सहकार्यको विषयमा भने सहमति हुने दुवै पक्षले अपेक्षा गरेका छन् ।

पार्टीको एकता नै हुनेगरी सहमति भएमा एकीकृत पार्टीले आगामी चुनाबमा बालेनलाई प्रभानमन्त्रीको दाबेदारको रुपमा अगाडि सार्नेछ । पार्टीमा भने रविको बरियता उच्च हुनेछ । पार्टीका रविपछि बालेन दोस्रो बरियतामा हुनेछन् । सहमति भइसकेको छैन तर सहयोगीहरु भने पार्टी एकताकै सहमति हुनेमा विश्वस्त देखिन्छन् ।

एकतापछि पार्टीको नाम के राख्ने ? चुनाब चिन्ह के हुने ? उम्मेदवारको बाँडफाँड कसरी गर्ने ? भन्ने जस्ता विषयमा छलफल केन्द्रित छ । समानुपातिक उम्मेदवारको हकमा भने बालेनले ठूलो संख्या दाबी नगरेकोले रविले यसअघि प्रस्तान गरेको ७०–३० को अनुपातमै सहमति हुन सक्ने सहयोगीहरु बताउँछन् ।

बिहीबार छलफलपछि संचारकर्मीले पनि पार्टीको चुनाब चिन्ह के हुने भन्ने बारेमा रविसँग जिज्ञासा राखेका थिए । जवाफमा रविले समयले बताउने भनेका थिए । बालेनले मेयरको चुनाब लड्दा पाएको लौरो चुनाब चिन्ह निकै चर्चित भइसकेको छ । अर्कोतर्फ रास्वपाको चुनाब चिन्ह घण्टी पनि लोकप्रिय भइसकेको छ । यद्यपि बालेन घण्टी चुनाब चिन्ह स्वीकार गर्न लचिलो भएको सहयोगीहरु बताउँछन् ।

ऊर्जामन्त्री कुलमान घिसिङ लगायत अन्य शक्तिहरुलाई कसरी मिलाउने भन्ने विषयमा पनि छलफल भइरहेको छ । कुलमानलाई बालेन बराबरकै दोस्रो बरियता दिने कुरामा सबै पक्ष लचिलो भएको बताइएको छ । यसअघि रवि र कुलमानबीच सहज संवाद हुन नसकेपछि उनलाई विश्वासमा लिने काम बालेनले जिम्मा लिएको स्रोत बताउँछ । स्रोतका अनुसार रविसँग सहज छलफलमा नरहेका वैकल्पिक शक्तिलाई विश्वासमा लिने जिम्मा बालेनले सोमबारको छलफलका क्रममै लिएका थिए ।

#निर्वाचन#प्रमुख समाचार#राजनीति

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...