२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता

मेटमणिको टिप्पणीः एमालेमा ओलीका दासहरु छन्, त्यो पार्टी कोल्याप्स हुन्छ

२०२५ नोभेम्बर १८: १५:४२

रोशन भट्टराई
मेटमणिको टिप्पणीः एमालेमा ओलीका दासहरु छन्, त्यो पार्टी कोल्याप्स हुन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता मेटमणि चौधरीले नेकपा (एमाले) मा अध्यक्ष केपी शर्मा ओलीको दासहरु रहेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको प्राइम संवादमा पत्रकार कृष्ण मल्लसँग संवाद गर्दै उनले एमालेलाई अब जनताले भोट पनि नहाल्ने र ओलीका दासहरु रहेको सो पार्टी कोल्याप्स हुने बताएका हुन् । उनले समाज दास युगबाट आधुनिक युगमा आइसक्दा पनि एमालेमा ओलीका दासहरु बाँकी नै रहेको टिप्पणी गरे । एमालेमा अझै पनि दास, नोकर चेतना भएका, ओली विना बाँच्न सकिँदैन भन्ने सोच भएका नेताहरु रहेको उनले बताए ।

‘उहाँहरु आइहाल्नुहुन्छ नि । जाने ठाउँ कहाँ छ र ? एमाले पार्टी कोल्याप्स हुन्छ । जनताले भोट हाल्दैनन् । कोल्याप्स भएपछि कि अर्को पार्टी बनाउनुपर्यो र्। एमालेले जित्नलाई नेतृत्व राम्रो हुनुपर्छ । के ओली राम्रो छन् त ? हामी दास युगबाट समान्ती युगमा आइसकेका छौं । सामन्ती युगबाट हामी पुँजीवादी युगमा प्रवेश गरिसकेका छौं । अझै पनि दास चेतना, नोकर चेतना, ऊ भएन भने बाँच्न सकिँदैन, उसैले हामीलाई जोगाएको छ । त्यो चेतना भएका मान्छे छन् र त्याृे पार्टी कोल्याप्स हुन्छ,’– उनले भने ।

उनले आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबीच गठबन्धन हुने सम्भावना पनि रहेको बताए । राजनीतिमा सबैखालका सम्भावनाहरु कायमै रहने बताउँदै उनले अहिले नै कोहीसँग गठबन्धन हुँदैन भन्न नसकिने बताए । उनले संविधान, कानून र नजीरहरु हेर्दा प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना बलियो रहेको बताए । प्रतिनिधिसभा पुनर्स्थापना भए पनि फेरि केपी ओली प्रधानमन्त्री नबन्ने उनको दाबी छ । उनले ओली प्रधानमन्त्री हुने कुरा आकाशको तारा झार्छु भनेजस्तै रहेको बताए ।

#सरकार

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...