२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
अन्तर्वार्ताब्रेकिङफिचर

मनपरि रोक्न स्थानीय तहमा प्रतिपक्ष चाहिन्छ : कांग्रेस नेत्री खड्का

२०२५ नोभेम्बर १९: १२:०५

नव न्युज संवाददाता
मनपरि रोक्न स्थानीय तहमा प्रतिपक्ष चाहिन्छ : कांग्रेस नेत्री खड्का

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएको ४४ महिना भइसकेको छ । संघीयता लागू भएपछि बनेका स्थानीय तहको त्यो दोस्रो चुनाव थियो । पहिलो कार्यकालमा आएका जनप्रतिनिधिले सिकाइकै क्रम रहेको भन्दै ५ वर्ष विभिन्न सभा, गोष्ठी, तालिम र केही कानून बनाएर बिताए । अहिले दोस्रो चुनावबाट आएका जनप्रतिनिधिले पहिलो चरणका जनप्रतिनिधिले बनाएको आधारशीलामा बसेर काम गरिरहेका छन् ।

तर पनि चुनाव जितिसकेपछि जनप्रतिनिधिको रवैयामा भिन्नता आउने आममानिसको बुझाइ बन्दै गएको छ । अधिकांश जनप्रतिनिधि कुर्सीमा आसिन भइसकेपछि जनताका समस्याभन्दा पनि लोकप्रियता र आफू कसरी ‘सेटल’ भइन्छ भन्नेतिरै लागेको देखिन्छ । यद्यपि केही जनप्रतिनिधिले भने राम्रा कामहरू पनि गरिरहेका छन् । स्थानीय तह होस् या अन्य चुनाव । निर्वाचनको परिणामपछि जितेर पदमा बसेकाहरूको मात्रै चर्चा हुने गर्दछ । आफ्नो स्थानीय तहका लागि केही गरौं भनेर योजनासहित निर्वाचनमा होमिएका तर पराजित भएकाहरूको नजरमा जितेर गएकाहरूले कस्तो काम गरेका छन् त रु यही विषयमा रहेर गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट दैलेखको नारायण नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेर पराजित भएकी निर्मला कुमारी खड्कासँग नवन्युजका संवाददाताले गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा –

गृह नगरपालिकाका लागि केही गर्छु भनेर पार्टीका तर्फबाट निर्वाचनमा होमिएको थिएँ । मेरो काम, योजना र जनताको भावना बुझ्ने क्षमताकै कारण जित्छु भन्नेमा ढुक्क थिएँ तर निर्वाचन न हो । परिणाम कसको पक्षमा आउँछ भन्ने थाहा पाउन गाह्रो हुँदो रहेछ । जम्मा ७९ मतले मात्र हारेकी हुँ । सोचेजस्तो भएन । एक त हाम्रो पार्टीको संगठनात्मक स्वरूप नगरपालिकाभित्र बलियो थिएन तर पनि मलाई मतदाताप्रति जुन भरोसा थियो, त्यो चाहिँ प्रमाणित भएकै हो । चुनावमा धाँधली भयो । मलाई हराउन मेरा पक्षमा परेका ९८४ मत त बदर नै गरियो ।

अदालतसम्म पनि पुगेँ तर त्यहाँ पनि सेटिङ नै भयो भनुम् । अदालतबाट पनि न्याय पाइनँ । तर कार्यकारी पदमा नभए पनि अहिले कोही समस्या लिएर आउँदा म समाधान गर्न तिर लागिरहेकै छु । सानैदेखि राजनीतिलाई बुझ्दै आएकी छु । त्यही कारण पनि राजनीतिलाई पेशाभन्दा सामाजिक सेवाका रूपमा हेर्छु । मैले चाहेको भए पार्टीबाट प्रदेशमा समानुपातिक सांसद भएर अहिले प्रदेशको मन्त्री भइसक्थेँ तर पहिला आफ्नो क्षेत्र बनाउनुपर्छ भन्ने उद्देश्यले नै म नगरपालिकाको नेतृत्व लिनका लागि चुनावमा होमिएँ । केही सेटिङ पनि भयो । केही पार्टीभित्रको गुटगत कलहका कारण पनि हार्न पुगेँ । यो डेढ वर्षको अवधिमा मैले नियालिरहेको छु । के काम कसरी भइरहेका छन् भन्ने ।

यस्तो अवस्था त बहुदलमा पनि थिएन । हिजो संघीयता नहुँदा बरु जनताले वडा, गाविस र नगरपालिकाका योजनाहरू थाहा पाउँथे तर अहिले झन् गणतन्त्रमा त कोठाभित्र बसेर सभा आयोजना गर्न थाले । यहाँका मिडियाले समेत नगरपालिकाले के–के कुरा प्राथमिकतामा राखेको छ भन्ने जानकारी पाउन सकेका छैनन् भने आमजनताको हालत के होला ? समाचारहरूमा सुनिन्थे – जनप्रतिनिधि आएपछि झन् छोटे राजाका रूपमा परिवर्तन भए भन्ने । मैले पनि देखिरहेको छु । म पनि चुनावमा नगर प्रमुखकै लागि उठेको मान्छे हुँ । त्यहाँका गतिविधिबारे चासो त हुन्छ नै । चुनाव जितिसकेपछि उनीहरूको रवैया नै बदलिएको छ । भलै चुनाव प्रतिस्पर्धा हो ।

जसले गरे पनि आखिर नगरवासीकै सेवाका लागि त हो नि ? तर मैले जितेर गएकाहरूमा यस्तो अहम् देखेको छु । २०५४ सालमा नारायण नगरपालिका स्थापना भएको हो । स्थापनाकालदेखि अहिलेसम्म नगरपालिकाका रूपमा हेर्ने हो भने यो त अहिले उपमहानगरमा बदलिनुपर्ने हो । बरु संघीयतापछि स्थापना भएका पालिकाहरूमा राम्रो विकास र सुविधा पुगेको होला तर यहाँका अधिकांश गाउँमा अहिले पनि राम्रो बाटो, खानेपानी, बिजुलीको पहुँच पुग्न सकेको छैन, न नागरिकको जीवनस्तर नै बदलिएको छ । म हारेको झोँकले भनेको होइन यो । फेरि उहाँहरूले हारेको झोँकमा भडाँस पोखेको भन्नुहोला । तर म पनि यही नगरवासी हुँ ।

यहाँकै लागि केही गरौँ भन्ने सोच्छु । त्यही कारण यहाँ हुने हरेक गतिविधिमा मेरो पनि चासो जान्छ । पदमा नपुग्दासम्म अनेक आश्वासनहरू बाँड्ने तर जितिसकेपछि आफ्नो दुनो सोझ्याउनु बाहेक अरु देखिएन । पहिलोपटक पो नयाँ व्यवस्था अनुसार ढाल्न सिकाइ ‘पिरियड’ होला तर अब केही त अघिल्ला जनप्रतिनिधिले नै आधारशीला तयार पारेका छन् । कानूनहरू बनेका छन्, तिनको इमान्दारिताका साथ कार्यान्वयन गर्न सके मात्रै पनि धेरै हुन्छ । तर कसलाई कति ठेक्का दिने ? बोल्नेको मुख कसरी बन्द गर्ने ? कहाँबाट कति कमिशन आउँछ ? यस्तो कुरामै ध्यान छ । हुन त हामीकहाँ चुनावपछि हार्ने र जित्नेबीच खासै भेटघाट हुने प्रचलन नै छैन । अझ भन्नुपर्दा चुनावपछि हार्ने मान्छे त गुमनाम नै हुन्छ । हारिसकेपछि केको मतलब भन्ने संस्कार पनि छ तर मैले चुनावमा हार–जीत जे भए पनि यहीँको वासिन्दा जनताका लागि केही गर्छु भनेर होमिइसकेपछि चुनाव हार्दा पनि आफ्नो भूमिका त सकिन्न नि भनेर केही गर्ने कोसिस पनि गरेँ ।

उपप्रमुखलाई भेटेर हामी दुवै आ–आफ्ना योजना लिएर चुनावमा लड्यौँ, तपाईं जित्नु भो, मैले हारे पनि मेरा केही योजनाहरू त छन्, यिनलाई कार्यान्वयनमा लैजाने कर्तव्य अब तपाईंको हो, यसमा जनताकै भलाई त हुने हो नि भनेर प्रस्ताव पनि राखेकै हुँ । तर उहाँबाट यस्तो जवाफ आयो त्यसले गर्दा फेरि प्रस्ताव लिएर जाने मन नै भएन । उहाँले सिधा भन्नुभयो, ‘तपाईं हारेको मान्छे अब किन मतलब ? जसले जित्छ उसैले गरेर खान्छ !’ अब तपाईं आफैं भन्नुहोस्, यस्तो जवाफ आएपछि मैले के भन्नु ? हाम्रो संविधानले नै स्थानीय तहमा प्रतिपक्षको कल्पना गरेको छैन । यदि कानूनी रूपमै भएको भए सजिलो हुन्थ्यो । कोही प्रश्न नै नगर्ने भएपछि ‘पाँच वर्ष हाम्रै राज हो’ भन्ने त भए नि ! चाहे मैले जितेको भए पनि प्रश्न गर्ने, गलत गर्दा खबरदारी गर्ने र बेलाबेलामा यो पदमा बसिरहनुको दायित्व सम्झाउने संरचना चाहिन्छ भन्ने मान्यता राख्छु ।

प्रश्न नै नगर्ने, कोही सोध्ने नै भएनन् भने त मनपरी भइहाल्यो नि ! खासमा हामी पराजित भए पनि हाम्रो भूमिका नै महत्त्वपूर्ण हो भन्ने लाग्छ । हामीले पनि धेरै प्रयास गरेनौँ । दोस्रोमा मतदाता पनि हुन् । उनीहरूले पनि ५ वर्षका लागि दिएको जिम्मेवारी पदमा आसिनहरूले पूरा गरिरहेका छन् कि छैनन् भनेर प्रश्न गर्नुपर्ने बेला आएको छ । कामै नभएको पनि होइन तर विकासका नाममा जहिल्यै डोजर हालेर जंगल कोपर्ने मात्र त होइन होला नि ! नगरपालिका नै भए पनि अधिकांश युवाहरूको खर्च जोहो गर्ने, परिवारको मुखमा माड लगाउनकै लागि जानुपर्ने भारत नै हो । अनि गाउँमा कोही नहुने भएपछि यति धेरै बाटोघाटो कसका लागि चाहियो र ?

पहिला त जनजीविका उकास्नलाई काम गर्नुपर्‍यो । अनि मात्र हुन्छ । फेरि पनि भन्छु स्थानीय जनप्रतिनिधिलाई प्रश्न गर्ने आधिकारिक संरचना चाहिन्छ । उनीहरूका कामकारबाहीबारे निगरानी राख्ने कोही भएन भने यो त सुरुआत मात्र हो, आगामी दिनमा आउनेहरू पनि चुनावमा पैसा खर्च गर्ने र जितिसकेपछि त्यो खर्च उठाउने प्रक्रियाबाहेक अरु हुन सक्दैन ।

#संघीयता##विचार/ब्लग

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...