२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
शिक्षा/प्रविधिब्रेकिङफिचर

अब ड्राइभिङ लाइसेन्स छापिएको जानकारी विभागको फेसबुक पेजबाटै दिइने

२०२५ नोभेम्बर २०: १४:१८

नव न्युज संवाददाता
अब ड्राइभिङ लाइसेन्स छापिएको जानकारी विभागको फेसबुक पेजबाटै दिइने

काठमाडौँ । यातायात व्यवस्था विभागले ड्राइभिङ लाइेन्स छपाई सम्बन्धी जानकारी फेसबुक पेजबाटै दिने भएको छ । सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाई गर्न थालेपछि विभागले वितरणका लागि आफ्नो अनलाइन सिस्टमको साटो सामाजिक सञ्जाल प्रयोग गर्ने भएको हो ।

 

 

यसअघि विभागको अनलाइन सिस्टम (applydlnew.dotm.np/login) मार्फत अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फाराम भरी एप्रुभ भए पश्चात् ७२ घण्टाभित्र लाइसेन्स लिन आउनु भन्दै नोटिफिकेसन जाने गरेको थियो । तर २४ भदौको जेनजी आन्दोलनमा विभागको कार्यालयसँगै सिस्टम समेत जलेर ध्वस्त भएपछि विभागले कामचलाउ रूपमा सेवा प्रवाह गरिरहेको छ ।

 

हालै मात्र सुरक्षण मुद्रण केन्द्रबाट क्यूआर कोड सहितको लाइसेन्स छपाई सुरु भएको छ । यसरी केन्द्रबाट छपाई सम्पन्न भई वितरणका लागि प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागले आफ्नो फेसबुक पेजमा प्रकाशन गर्ने भएको हो । विवरणमा नाम समावेश भएको अवस्थामा आवेदकहरूलाई सक्कल राजस्व रसिद (नवीकरण तथा वर्ग थपको हकमा पुरानो सवारी चालक अनुमतिपत्र) साथमा लिई विभागमा उपस्थित हुन भनिएको छ ।

#सरकार#प्रमुख समाचार

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...