२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
सम्पादकीयब्रेकिङ

नागरिकमैत्री राज्य सेवा निर्माण

२०२५ नोभेम्बर २१: १०:५३

नव न्युज संवाददाता
नागरिकमैत्री राज्य सेवा निर्माण

काठमाडौं । मतदाता नामावलीका अनलाइन नाम दर्ता गराउन अप्ठेरो भएको गुनासो सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले त्यसलाई सहज बनाउन निर्देशन दिएकी छिन् । जेन(जी आन्दोलनका कारण प्रतिनिधि सभा भङ्ग गरिएकाले आगामी फागुन २१ गते संसद्का लागि हुने निर्वाचनका लागि मतदाता नामावली अल्यावधिक गर्ने म्याद कात्तिक ३० सम्म रहेको छ । 

मतदाता नामावलीमा नाम दर्ता गर्ने आइपरेको कठिनाइलाई प्रधानमन्त्रीले चासो र प्राथमिकता दिनु स्वाभाविकै हो । सेवा प्रवाहलाई सकेसम्म सहज र सरल बनाएमात्र नागरिकले राज्यलाई आफ्नो ठान्छन् । नेपालमा भने राणाकालदेखि नै नागरिकलाई राज्यका सेवाहरू सकेसम्म कटिन र जटिल बनाइँदै आएको छ । अहिले मतदाता नामावलीमा नाम दर्ता गर्न भएको कठिनाइ प्रतिनिधि उदाहरणमात्रै हो । 

सबै सरकारी कागजका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदै गएको छ । तर, राष्ट्रिय परिचय पत्र प्राप्त गर्ने प्रक्रिया भने निकै जटिल बनाइएको छ । सामान्य लेखपढ गर्नेको त कुरै छाडौँ कम्युटरमै कामकाज गर्नेहरूका लागि पनि परिचय पत्रका लागि फर्म भर्न निकै मुस्किल हुन्छ । प्रचलित फन्टहरूको सट्टा 'रोमनाइज्ड' फन्ट नै प्रयोग गर्नुपर्दा निकै कठिन हुने गर्छ । 

बैंकिङ कारोबारमा पनि यसरी नै सामान्य व्यक्तिका लागि निकै अप्ठेरो हुने कागजात प्रयोग गरिन्छ । फर्महरूमा प्रयोग गरिएका अक्षरहरू दृष्टिमा सामान्य दोष हुनेहरूका लागि समेत असहज हुन्छन् ।  मोबाइल बैंकिङमा त झन् रोमन लिपि नै प्रयोग गर्नु अनिवार्य छ । तिरो तिर्नदेखि भत्ता बुझ्नसम्म सबै काममा सहयोगी वा बिचौलिया चाहिने प्रणालीलाई नागरिक मैत्री भन्न सकिँदैन ।

लिपि र उपकरणमात्र होइन विधि र प्रक्रिया पनि उत्तिकै अप्ठेरा छन् । यातायात व्यवस्था कार्यालयमा त बिचौलिया नभई पारै नलाग्ने अभ्यास वर्षौंदेखि चलिरहेको छ । सरकारी कार्यालयमा भएकै अभिलेख पनि पटकपटक बुझाउनुपर्छ । एउटा कार्यालयले दिएको प्रमाण पत्रलाई अर्को कार्यालयले प्रमाणीकरण नगरी मान्यता दिँदैन ।   

बैंकले अगिल्लो वर्ष अपनाएको विधि अर्को वर्ष मान्दैन । कर्मचारी फेरिएपिच्छे नियमको व्याख्या फेरिन्छ । अरू त अरू ऋणीको तमसुक वर्षैपिच्छे फेर्ने र सेवाशुल्क असुल गर्ने गरिएको पाइन्छ । यस्ता सबै अभ्यास र नियमले सेवाग्राही नागरिकलाई झमेला र खर्चको मारमा पार्ने गरेको छ । सम्भवतः यसैलाई 'बिचौलिया राज' भन्ने गरिएको हो ।

यस्ता गुनासा वर्षौंदेखि भइरहे पनि सरकारहरूको ध्यान भने सहज बनाउनुभन्दा जटिलता थप्नमै केन्द्रित रहँदैआएको छ । विशेषगरी, राष्ट्र बैंकका कारिन्दा गभर्नरहरूले नियमनका नाममा अनुदार प्रक्रिया र अभ्यास थप्दै जाँदा निकै बैंकिङ कारोबार जटिल र नागरिकको पहुँचबाट टाढा हुँदै गएको छ । प्रविधिमा भएको विकासले सहज बनाउनुको साटो जटिलता थपेको छ ।

आफ्नो हैकम र नियन्त्रण खुकुलो हुने ठानेर कर्मचारीहरू यस्ता जटिलता खुकुलो बनाउन अग्रसर हुँदैनन् । यस्तै विभिन्न बिचौलिया वा स्वार्थ समूहका कारण राजनीतिक नेतृत्वले पनि गाँठो फुकाउने आँट गर्दैन । 

अहिलेको सरकारलाई भने बिचौलियाको स्वार्थ रक्षा गर्ने बाध्यता छैन । यस्तै, कर्मचारीको रकमी जालझेल चिर्ने आँट गर्न पनि हिचकिचाउनु पर्दैन । यसैले प्रधानमन्त्री कार्कीले नै चासो राखेर राष्ट्रिय परिचय पत्रदेखि बैंकिङ कारोबारसम्मलाई नागरिक मैत्री बनाउन सके सुशासनको कोसेढुंगो खडा हुनेछ । राज्यका सेवामा नागरिकको सहज पहुँच भए भ्रष्टाचार यसै नियन्त्रण हुन्छ ।   

#लोकतन्त्र#संघीयता#सरकार#न्याय#राजनीति

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...