२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता

बञ्चरेडाँडामा स्थानीयको आन्दोलन जारी, फोहोर बोक्ने ३०० गाडी रोकिए

२०२५ नोभेम्बर २०: १५:१५

नव न्युज संवाददाता
बञ्चरेडाँडामा स्थानीयको आन्दोलन जारी, फोहोर बोक्ने ३०० गाडी रोकिए

काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले आज पनि काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध गर्दै आन्दोलन गरेका छन् ।

 

 

आफूहरूका नयाँ पुराना मागहरू पूरा नभएको भन्दै उनीहरूले आज दोस्रो दिन ३०० गाडी रोकेका छन् ।

बञ्चरेडाँडा सेनेटरी ल्यान्डफिल साइटमा आज पनि स्थानीयले आन्दोलन जारी राखेको धुनिबेँसी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश हमालले जानकारी दिए ।

 

 

"हिजो वार्ता भएको थियो । सो वार्ता निष्कर्षविहीन बनेपछि आज पनि स्थानीयले आन्दोलन जारी राखेका छन् । महानगरका फोहोर बोक्ने ३०० गाडी रोकिएका छन्,” अध्यक्ष हमालले भने ।

आन्दोलनरत स्थानीय अमृत तामाङले अहिले केही मागहरू नयाँ थप गरिएको बताए । "अहिले केही नयाँ मागहरू थप भएका छन् । त्यसबाहेक अरु पुरानै मागहरू छन् । काठमाडौं महानगरपालिकाले पनि वार्तामा बोलाएर समाधान खोज्नुपर्छ," उनले भने ।

 

 

बुधबार सहरी विकासमन्त्री कुलमान घिसिङसँगको वार्ता निष्कर्षविहीन भएको थियो । काठमाडौंबाट दैनिक करिब ७ सय टन र अन्य पालिकाबाट ७ सय टन गरी जम्मा १४ सय टन फोहोर दैनिक बञ्चरेडाँडा पुग्छ ।

स्थानीयले आफूहरूका मागहरू पूरा नभएको बताइरहँदा महानगरपालिकाले भने माग पूरा भइसकेको तर, गाडी तोडफोडको मुद्दा फिर्ता लिनुपर्ने भन्दै अनावश्यक आन्दोलन गरेको दाबी गर्दै आएको छ ।

 

यसअघि मन्त्री घिसिङले १५ दिनभित्रमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

#स्वास्थ्य#प्रमुख समाचार#सुरक्षा

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...